चितवन– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेची महाकालीसम्मको भू–भागलाई एक बनाउन गठबन्धनले चिर्वाचन जित्नु आवश्यक भएको बताएका छन् ।
लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले लोकतन्त्र र शान्तिको लागि गठबन्धन आवश्यक भएको कुरा बताएका हुन् । सभालाई सम्बोधन गर्दै उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताएका छन् ।
राष्ट्रिय एकता स्थापित गरेर सम्पूर्ण नेपालीलाई एक बनाउनुपर्नेमा जोड दिँदै उनले भने– ‘आफ्नै देशमा उद्योग खोलेर जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न बनाउनुपर्ने बताए । नेपालभित्रै रोजगारी सिर्जना गरी कोही पनि विदेश जानु नपरोस् भन्ने चाहना गठबन्धनको रहेको उनले बताए ।
गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुनुको साथै संविधानमा मनपरि तरिकाले संसद् विघटन गर्ने र व्यवस्थामाथि प्रहार गर्नै काम कहिले नहुने देउवाले बताए । अहिलेको संविधानमा मनपरी तरिकाले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको पनि प्रष्ट पारे ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई आफ्नो खेलाउना जस्तो गरेर दुई पटक विघटन गरेको उल्लेख गर्दै उनले त्यसलाई सबै मिलेर फिर्ता ल्याएको बताए ।
स्थानीय तहको निर्वाचनमा यहाँबाट विजयको सुरुआत भएको भन्दै प्रधानमन्त्री देउवाले प्रदेश र सङ्घको निर्वाचनमा पनि विजयीको सुरुआत चितवनबाटै होनु पर्ने चाहाना राखेका छन् । प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला र ऐतिहासिक महत्व बोकेको ठाउँ भएकाले चितवनको महत्व निकै ठूलो भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्