स्वयम्भू स्तुपा जंगलमा एक बालिकामाथि बलात्कार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
काठमाडौं महानगरपालिका–१५ स्वयम्भू स्तुपा जंगलमा एक बालिकामाथि बलात्कार भएको छ । १४ वर्षीया बालिकालाई गिरीले जबरजस्ति करणी गरेको र बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जानकारी दिएको । गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरी दाबी छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: