व्यवस्था मास्न एमाले र राजावादीको अपवित्र गठबन्धन: वर्षमान पुन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

रोल्पा – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले नेकपा एमालेका अध्यक्ष खड्का प्रसाद शर्मा ओलीले अझै संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा लागेको आरोप लगाएका छन् । सो कुरा गृहजिल्ला रोल्पाको सुलैचौधरमा लोकतान्त्रिक वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले राजावादी र विखण्डनकारीहरुको गठबन्धन गरेर चुनावमा भोट माग्नु अपवित्र कार्य भएको पुनले बताएका छन् ।
लोकतान्त्रिक वाम गठबन्धनविरुद्ध अपवित्र खालको गठबन्धन बनेको पुनको भनाई छ । पुनका अनुसार ‘पटकपटक संविधान च्यात्नेहरु, प्रतिगमनको प्रयास गर्ने, लोकतन्त्रमाथि चुनौती खडा गर्नेहरु, हिजोका राजावादीहरु, मधेसलाई अलग राज्य बनाउन चाहनेहरु, विभिन्न खाले विखण्डनवादी र साम्प्रदायिक सोच राख्ने शक्ति तथा व्यक्तिहरुको प्रतिगामी मोर्चा जनताविरुद्ध खडा गरिएको छ ।’
ओली प्रधानमन्त्री हुँदा ‘देशमा प्रतिगमन भयो । दुईपटक संसद विघटन गरियो । लोकतन्माथि प्रहार भयो । संविधान च्यात्ने काम भयो । नेपाल जनताका आकांक्षामाथि प्रहार गर्ने काम भयो । संविधान र व्यवस्थाको रक्षाको निम्ति लोकतापन्त्रिक–वाम गठबन्धन बनाउन परेको उनले बताए ।

राज्यका सबै संयन्त्र आफ्नो नियन्त्रणमा लिने तथा संविधान र व्यवस्थामाथि हमला गरेर ओलीले निर्वाचित तानाशाह बन्न खोजेपछि उनलाई रोक्नु पर्ने भएको पुनले बताए ।
सडकबाट, अदालतबाट, विभिन्न मोर्चाहरुबाट हामीले प्रतिवाद गरेर संविधान र लोकतन्त्रको रक्षा गर्यौँ । यो सडकबाट निर्माण गरेको गठबन्धन हो । राजनीतिक आधारमा निर्माण गरेको गठबन्धन हो । लोकतन्त्रको रक्षाको लागि राजनीतिक स्थायित्वको लागि बनाइएको गठबन्धन हो’, पुनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array