काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गएराति अचानक काठमाडौंको नाइटक्लबमा पुगेका छन् । केही सहयोगीहरुसहित पुगेका ओलीले एलओडी नामक नाइटक्लबमा केही समय विताएका थिए । निर्वाचनको मुखमा ओलीको यो एउटा अर्को अनौठो शैली देखिएको हो ।
काठमाडौंको ठमेलस्थित सो क्लबको मञ्चमा रातो ज्याकेटमा उनी एक्कासि देखापर्दा क्लबमा भेला भएकाहरु छक्क परेका थिए । शुक्रबारको राति भएकाले नाइटक्लबमा युवायुवतीहरुको निकै भिडभाड पनि थियो । ओली सो क्लबमा बोल्दै गरेको र हात हल्लाएर उपस्थितहरुलाई अभिवादन गर्दै गरेको तस्वीरहरु आफ्नो पेजबाट सार्वजानिक पनि गरेका छन् ।
बालकोट नामक ओलीको फेसवुकमा सार्वजानिक तस्वीरहरुमा ओली क्लबको मञ्चमा पुग्दा केहीले राष्ट्रिय झण्डा पनि देखाएका छन् । हेर्नुहोस् ओलीको पेजमा सार्वजानिक तस्वीरहरु


प्रतिक्रिया दिनुहोस्