बीपी र महेन्द्र एक–अर्कालाई आदर गर्नुहुन्थ्यो : मनिषा कोइराला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – अभिनेत्री मनिषा कोइरालाले विश्वश्वरप्रसाद कोइराला र राजा महेन्द्र एक अर्काप्रति आदरभाव राख्ने गरेको बताएकी छन्।

शुक्रबार बसन्तपुरमा राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै अभिनेत्री कोइरालाले भनिन्, ‘धेरै पहिले बीपी बा र श्री ५ महेन्द्र सरकार दुवै जना एक–अर्कामा आदर राख्नु हुन्थ्यो। तर, उहाँहरुले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएन। त्यतिबेला मुलुकले ठूलो मौका गुमाएको थियो।’

- Advertisement -
Ad imageAd image

फेरि त्यस्तै अवसर आएको बताउँदै कोइरालाले यो मौका गुमाउन नहुने बताइन्। उनले राप्रपाका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन अनुरोधसमेत गरेकी छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्