राजीव गान्धीको हत्याका सबै दोषीलाई रिहा गर्न सर्वोच्चको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – राजीव गान्धी हत्या प्रकरणमा भारतीय सर्वोच्च अदालतले शुक्रबार ठूलो फैसला सुनाएको छ ।

अदालतले ६ जना दोषीलाई रिहा गर्न आदेश दिएको छ । जसमा नलिनी र आरपी रविचन्द्रन पनि पर्छन् । उनीहरु सबै आजीवन कारावासको सजाय भोगिरहेका छन् ।

मे १८ मा सर्वोच्च अदालतले यस मामिलामा दोषी पेरारिवलनलाई राम्रो आचरणका कारण रिहा गर्न आदेश दिएको थियो । बाँकी दोषीले पनि सोही आदेशलाई उद्धृत गर्दै अदालतबाट रिहा गर्न माग गरेका थिए । नलिनी र रविचन्द्रन दुवैले ३० वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् ।

२१ मे सन् १९९१ मा एक चुनावी सभाका बेला तमिलनाडुमा एक आत्मघाती हमलामा राजीव गान्धीको हत्या गरिएको थियो । यो मामिलामा पेरारिवलनसमेत ७ जनालाई दोषी पाइएको थियो । टाडा अदालत र सर्वोच्च अदालतले पेरारिवलनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तर पछि सर्वोच्च अदालतले मृत्युदण्डको सजायलाई जन्मकैदमा फेरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array