पल शाहद्वारा नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नाबालिग (गायिका) माथि यौन दूरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध मोडल एवं अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । अभिनेता शाहले शुक्रबार (आज) जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

अभिनेताा शाहको मुद्दाको दर्ता नम्बर दर्ता ०७९–सीएस–०३१२ रहेको जानकारी गराइएको छ । नाबालिग (गायिका) माथि बलात्कारको आरोप लागेका अभिनेतालाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गरेको थियो ।

यसका साथै अदालतले साढे दुई वर्ष कैद सजाय, रु. २५ हजार जरिवाना तथा पीडित (नबालिग)लाई रु. १० लाख क्षतिपूर्तिको फैसला सुनाएको थियो । अभिनेता शाहको सोही प्रकृतिको मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । अहिले अभिनेता तनहुँ कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

Array