गठबन्धनमा रहेका हुँडारले चारैतिरबाट सिध्याउन खोजे, एमाले सिधिन्ने छैन: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिँएका छन ।  शुक्रबार धरानको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन।

‘काँग्रेस र माओवादीले एमाले एक्लै छ एक्लै छ भनेपछि त्यसो होइन भनेर देखाउनका निम्ति विदेशीको इशारामा नचल्ने पार्टीसँग हामीले तालमेल गर्‍यौँ,’ओलीले भने। सत्ता गठबन्धनलाई उनले हुँडारको संज्ञा दिएका छन्।

- Advertisement -
Ad imageAd image

‘गठबन्धनमा रहेका हुँडारहरूको जत्थाले चारतिरबाट सिध्याउन खोजे तर एमाले सिधिन्नेवाला छैन,’ ओलीले भने। सत्ता गठबन्धनबाट बाहिरिएपछि एमालेले जसपासँग सहकार्य गरेको उनले बताए। एमालेसँगको सहकार्यपछि जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्ने उनको भनाइ छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्