बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले खुलाएको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुलाएको साधारण सेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो।

कम्पनीले कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्र बागलुङ जिल्लाका बासिन्दाका लागि जारी गरेको प्राथामिक सेयरको निष्कासन तथा बिक्री कार्य शुक्रबार बैंकिङ समयबाट बन्द हुने भएको हो।

- Advertisement -
Ad imageAd image

कम्पनीले स्थानीयका लागि अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले २ लाख ५० हजार कित्ता साधारण सेयर जारी गरेको छ।

सेयर खरिदका लागि इच्छुक स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्