उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४:४५ बजेपछि सुरु हुनेछ ।
नेपाल र बंगलादेशबीचको डबल राउन्ड रोविन लिगको अन्तिम खेल फाइनल सरहकै रहेको छ ।

- Advertisement -
Ad imageAd image

यस खेलमा सफलता हात पार्ने टोली च्याम्पियन बन्नेछ । बंगलादेशलाई हराएर नेपाल अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । नेपाललाई उपाधि जित्न बंगलादेशविरुद्ध बराबरीकै नतिजा पर्याप्त हुनेछ ।

राउन्ड रोविनको पहिलो खेलमा बंगलादेशलाई १–० ले हराएको नेपाल सोही जितको लयलाई निरन्तरता दिन लक्ष्यमा मैदान उत्रनेछ । नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्षस्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । भुटान चार खेलमा गोल र अंकविहीन हुँदै बाहिरिएको छ ।

बंगलादेशलाई उपाधि जित्न नेपालविरुद्ध निश्चित जितको खाँचो छ । बंगलादेश लिग चरणमा भोगेको १–० को हारको बदला लिदै च्याम्पियन बन्ने दाउँमा हुनेछ । नेपालले राउन्ड रोविन लिगमा भुटानलाई ७–० र १–० ले पराजित गर्दा बंगलादेशलाई १–० ले नै पराजित गरेको थियो ।

यता, बंगलादेशले भुटानलाई ८–० र ९–० ले पराजित गर्दा नेपालसँग १–० ले पराजित भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्