नेपालमा छायांकन भएको बलिउड चलचित्र उचाइ आजदेखि प्रदर्शनमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ। यो चलचित्रको टोली छायांकनका लागि १ वर्ष अगाडि नेपालमा थियो।

भारतीय फिल्म समीक्षक तरण आदर्शका अनुसार फिल्मले विश्वभरी ८३४ स्क्रिन पाएको छ। भारतभमा ४८३ र अन्य देशमा ३५१ स्क्रिनमा फिल्म रिलिज हुँदै छ।

फिल्मले नेपालमा ७० स्क्रिन पाएको आदर्शले लेखेका छन्।

सुरज आर बडजात्याको निर्देशन रहेको फिल्म नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, स्वयम्भू, लुक्ला, नाम्चे, मनाङमा छायांकन गरिएको थियो।

चलचित्रमा अमिताभ बच्चन, परिणिती चोपडा, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा, लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा केही नेपाली कलाकारले पनि काम गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array