सरकारले नयाँ लघु बीमा कम्पनीको लाइसेन्स चुनावपछि दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं
नेपाल बीमा प्राधिकरणले नयाँ लघु बीमा कम्पनीको लागि लाइसेन्स अनुमति चुनावपछि मात्रै दिने भएको छ। लघु बीमाको लाइसेन्सको लागि ३१ वटा कम्पनीको आवेदन परेको प्राधिकरणले जानकारी दिएको छ ।
निर्वाचन आचारसंहिता पालना गर्नु पर्ने भएकाले तत्कालको लागि लाइसेन्स रोकेको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। आवेदनहरुबाट मूल्यांकनका आधारमा उच्च अंक पाउने ७ वटाले मात्रै लघु बीमाको लाइसेन्स पाउने उनले बताए ।

बीमा प्राधिकरणले जीवन लघु बीमा कम्पनीको लागि ३ वटा र निर्जीवनका लागि ४ वटा लाइसेन्स दिने गरी आवेदन मागेको थियो। प्राधिकरणमा १५ वटा जीवन लघु र १६ वटा निर्जीवन लघु बीमा कम्पनीलाई आवेदन परेको छ। प्राधिकरणले मागेको भन्दा तीन गुणा बढी आवेदन परेको थियो। जसमा एउटै कम्पनीले जीवन र निर्जीवन लघु बीमा दुवैका लागि आवेदन दिएका छन्।

- Advertisement -
Ad imageAd image

बीमा प्राधिकरणले लघु बीमालाई ७० करोड रुपैयाँ चुक्ता पुँजी तोकिसकेको छ। अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले नै लाइसेन्सका लागि आवेदन दिएका छन्।

कात्तिक २२ गतेदेखि कार्यान्वयनमा आएको बीमा ऐन २०७९ मा लघु बीमालाई सहजीकरण गरिएको छ। उक्त ऐन अनुसार नै प्राधिकरणले विभिन्न क्षेत्रहरुमा नयाँ लघु बीमा कम्पनी खोल्न लाइसेन्स दिन लागेको हो। पछिल्लो समय प्राधिकरणले लघु बीमालाई विषेश चासोका साथ काम अघि बढाएको छ। अहिले पनि बीमा कम्पनीहरुले लघु बीमा सम्बन्धी केहि योजनाहरु सार्वजानीक गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: