वैशाख १ गते फिल्म नाइँ नभन्नु ल ६ रिलिज हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली चलचित्र ‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते रिलिज हुने निर्णय भएको छ । निर्देशक तथा निर्माता विकासराज आचार्यले वैशाख १ गते चलचित्र रिलिज गर्ने औपचारिक निर्णय भएको बताए । उनले भने, ‘हामी १ गते आउने निधो भएको छ । हामी स्वस्थ प्रतिस्पर्धा गर्न चाहन्छौँ ।’

एक सातादेखि झापाको बिर्तामोडमा छायाङ्कन भइरहेको चलचित्र अझै २० दिन फ्लोरमै हुनेछ । आँचल शर्मा, आशीर्वाद बराल, आयुषा तामाङ अहिले बिर्तामोडमा फिल्मको सेटमा छन् ।

बिर्तामोडबाट फर्किएर बाँकी छायाङ्कन काठमाडौँमा गर्ने योजना रहेको निर्देशक आचार्यले बताए । निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् ।

आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्