काठमाडौँ – मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसले बेलबारी ८ निवासी मानबहादुर लिम्बुलाई टिकट दिने भएको छ । लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।
थापाको बुधबार बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा मृत्यु भएको थियो । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए । असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै थापा बिरामी थिए । उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो । थापालाई क्याप्सिका निमोनिया भएको थियो । उनलाई गत सोमबार बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो । २०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन भएर काम गरेका थापा हाल प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थिए ।


प्रतिक्रिया दिनुहोस्