बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँको बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । पोखरा महानगरपालिका वडा नम्बर ९ का ४७ वर्षीय बेलबहादुर राना मगर र ४७ वर्षीया कल्पना राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad imageAd image

दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रहरीको अनुमान छ । ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ण्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्