प्रशासनिक खर्च बढेसँगै मध्य भोटेकोशीको नोक्सानी पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa
काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत कम्पनीको नोक्सान बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा यो कम्पनी १ करोड ८५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा भने ७२ लाख रुपैयाँ मात्र नोक्सानमा रहेको थियो । जलविद्युत परियोजना निर्माणकै चरणमा रहेका कारण विद्युत उत्पादन सुरु भएको छैन । कम्पनीले १ करोड ८२ लाख रुपैयाँ प्रशासनिक खर्च गरेपछि सञ्चालन नोक्सानमा रहेको छ । गत वर्ष प्रशासनिक खर्च ७५ लाख रुपैयाँ रहेको थियो ।
हाल मध्य भोटेकोशीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ । रिजर्भ आर्निङ शीर्षकमा ३६ करोड रुपैयाँ ऋणात्मक रहेको छ । यो कम्पनी पहिलो त्रैमाससम्म प्रतिसेयर १ रुपैयाँ २४ पैसा नोक्सानमा छ । यसको प्रतिसेयर नेटवर्थ पनि ९३ रुपैयाँ ९१ पैसा रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदीको पानी प्रयोग गरी १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्