आजको मौसम: हल्का वर्षा र हिमपातको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

 देशका पश्चिमी भू-भागमा  पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

- Advertisement -
Ad image
शुक्रबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्