काठमाडौं -सरकारले आर्थिक वर्ष २०७९/८० को लागि धानको समर्थन मूल्य बढाएर मोटा र मध्यम धानको न्युनतम समर्थन मूल्य कायम गरेको छ । मोटा धान प्रति क्विन्टल २९६७ रुपैयाँ र मध्यम धान प्रति क्विक्नटल ३१२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाकारी दिएको छ । सरकारले आर्थिक वर्ष २०७८र७९ मा मोटा धानको मूल्य प्रति क्विन्टल २७५२ रुपैयाँ र मध्यम धान २९०२ रुपैयाँ तोकेको बताएको छ ।
मन्त्रालयका अनुसार गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रति क्विटल २१५ रुपैयाँ बढाएको बताएको छ। साथै, मध्यम धानमा प्रति क्विन्टल २२६ रुपैयाँ बढेको हो।
सरकारले तोकेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न जिल्लामा धान खरिद गर्ने गरेको छ भने न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरदि गर्न ३३ करोड बजेट व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छुट्टै सूचना जारी गरिने मन्त्रालयले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्