प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा आठ जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – सिन्धुली मरिण गाउँपालिका–७ ठाटी कमलेश्वर महादेब मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने २९ वर्षीय सांगे लो लगायत छन् । उनीहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका उनीहरूले डिउटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गाली गलौज गर्ने, प्रहरीको हतियार खोस्ने प्रयास लगायतका अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्