सत्तामा पुगेपछि जनताको हक, अधिकार कटौती नहुने गरी कानुन निर्माण गर्छुः ओनसरी घर्ती

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छन्।

बुधबार र काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क रहे पनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताएकी हुन्।

- Advertisement -
Ad image

सत्ता गठबन्धनबाट काठमाडौँ क्षेत्र नम्बर २ की प्रतिनिधिसभाकी साझा उम्मेदवारसमेत रहेकी घर्तीले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताइन्।

नेतृ घर्तीले भनिन्, ‘म र मेरो टिम धेरै नै उत्साहित छ। घरदैलोमा जाँदा जनताले धेरै माया गर्नुभएको छ। हामी विजयीको लागि पहिल्यैबाट स्पष्ट छौँ। घरदैलोमा आउँदा झनै उत्साहित भएका छौँ, विश्वस्त भएका छौँ। हामी मंसिर ४ को प्रक्रियालाई मात्रै कुरेर बसेका छौँ। हामी सत्तामा पुगेपछि जनताको हक अधिकार कुनै पनि कटौती नहुने गरी कानुन बनाउनेछौँ। जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउनेछौँ। खानेपानी, खेलकुद, करिडोर, फोहोरलगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ। हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ।’

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा नभएको भन्दै उनीहरूको माग पूरा गर्ने प्रतिवद्धता जनाइन्।

निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरू पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्