राष्ट्रपति भण्डारी आइसल्याण्डमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड पुगेकी छन्। उनी महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जालको सम्मेलनमा सहभागी हुनका लागि आइसल्याण्ड पुगेकी हुन्।

राष्ट्रपति भण्डारीलाई आइसल्याण्डको परराष्ट्र मन्त्रालयका प्रोटोकल प्रमुख राजदूत सुश्री एस्ट्रिड ब्रेककान र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत गरेका थिए ।

- Advertisement -
Ad image

यसअघि दोहामा उनको ट्रान्जिटमा महामहिम नरेश विक्रम ढकाल तथा कतारस्थित नेपाली राजदूतावासका अन्य अधिकारीहरूका साथै कतारको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीले नोभेम्बर ८ देखि १० सम्म हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिनेछिन्। राष्ट्रपति भण्डारी कतार एयरवेजको विमानमार्फत सोमबार बेलुका आइसल्याण्डतर्फ प्रस्थान गरेकी थिइन्।

नेपाल सरकारको स्वीकृतिमा राष्ट्रपति भण्डारी ६ दिने औपचारिक भ्रमणमा गएकी हुन्। राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा गएकी हुन्।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यहाँ रहँदा उनी केही औपचारिक कार्यक्रममा पनि सहभागी हुने छिन्।

विश्वभरका महिला राजनीतिज्ञहरुको समूहको कार्यक्रममा सहभागी हुन जाने भए पनि यो राजनीतिक भ्रमण नरहेको राष्ट्रपति कार्यालयले बताएको छ।

राष्ट्रपति भण्डारी कात्तिक २६ गते बिहान नेपाल फर्किने छिन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्