प्युठानमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – प्युठानमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीकी ५२ वर्षीया महिमा घर्ती, सोही ठाउँकी ४३ वर्षीया बच्ची थापा र ४६ वर्षीय खुमान थापा रहेको जिल्ला प्रशासन कार्यालय प्युठानका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिए । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

चालक विनोद केएम फरार रहेका छन् । सहचालक वीरेन जिसी भने प्रहरी नियन्त्रणमा रहेको सोनीले बताए । “गाडीमा १७ जना यात्रु सवार थिए भन्ने खबर आएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

- Advertisement -
Ad imageAd image
प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब साढे १२ बजे प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीमा दुर्घटना भएको थियो । गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको सूचना अधिकारी सोनीले जानकारी दिए । 
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्