आजको मौसम: देशका चार प्रदेशमा वर्षा र दुईमा हिमपातको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बुधबार (आज) दिउँसो देशका चारवटा प्रदेशमा वर्षा र दुईमा हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

- Advertisement -
Ad image

रातको समयमा भने सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै ती प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्