काठमाडौं– नेपाल राष्ट्र बैंकले मंसिर १२ गतेबाट आन्तरिक ऋण उठाउन सुरु गर्ने भएको छ । उक्त ऋण पुससम्म ३० अर्ब रूपैयाँ उठाउने सरकारको लक्ष्य रहेको छ ।
राजस्व कम उठ्न थालेपछि सरकारले आन्तरिक खर्चको लागि पनि ऋण उठाउनु पर्ने अवस्था आएको हो । चालू वर्ष सरकारले साढे २ खर्ब ऋण उठाउने लक्ष्य राखेको जानकारी प्राप्त भएको छ । सरकारले ऋण उठाउँदा एकातिर तरलता अभाव अझ बढ्छ । सरकारले मंसिर १२ र पुस १८ गते गरि दुईपटक ३६४ दिने ट्रेजरी बिल मार्फत १५ अर्ब उठाउने जानकारी दिएको छ । मंसिर १३, २७ र पुस ५ गते गरेर तीनपटकमा अर्को १५ अर्ब उठाउने छ। यो विकास ऋण पत्र हो। यो २,३ र ४ वर्ष अवधिको हुने छ।
सरकारले माघदेखि चैतसम्म ८८ अर्ब उठाउँदैछ भने वैशाखदेखि असारसम्म १ खर्ब ३८ अर्ब उठाउँदैछ। सरकारले चालू वर्ष कुल २ खर्ब ५६ अर्ब उठाउने भएको हो।
नेपाल राष्ट्र बैंकले मंसिर १२ गतेबाट आन्तरिक ऋण उठाउने

प्रतिक्रिया दिनुहोस्