काठमाडौँ – सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौंं क्षेत्र नम्बर–२ को उम्मेदवानर रहेकी ओनसरी घर्तीले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छिन्।
मंगलबार सार्वजनिक भएको घोषणापत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, रोजगारी, सामाजिक सुरक्षा, खेलकुदलगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धता समेटिएको छ।
घोषणापत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटकसम्म संसद् विघटन गरेका कारण देशको राजनीतिक स्थिरता, संवैधानिक सर्वोच्चता र जनताको आर्थिक समृद्धिप्रतिको तीव्र आकांक्षामाथि घात पुर्याएकाले उल्लेख छ।
साथै, बदलिएको राजनीतिक परिस्थितिमा देशलाई दिशानिर्देश गर्दै उत्पादनमुखी, समावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान संविधानको रक्षकका रुपमा लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको दाबी गरिएको छ।
प्राकृतिक एवम् सांस्कृतिक पर्यटन तथा कृषिको प्रचुर सम्भावना बोकेको काठमाडौं–२ लाई राजधानीकै पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता घोषणापत्रमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्