एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि हातपात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि हातपात भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो । उनी मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।

उनलाई मत माग्न जाँदा एक स्थानीयले हातपात गरेका हुन् । उनलाई पुरुषोत्तम खड्काले झापड हानेको स्थानीयले बताएका छन् । खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्