सेयर बजारमा सामान्य गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – मंगलबार नेप्से २.५७ बिन्दुले घटेको बजार १९५६.३६ बिन्दुमा झरेको छ । यस दिन कुल २२६ वटा स्टकको १८ हजार ४७२ वटा कारोबारबाट २७ लाख ७३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँ बराबरको भएको छ ।

मंगलबार वित्त, निर्जीवन बीमा, अन्य र जीवन बीमा उपसमूहमा हरियाली देखियो । अन्य सबै उपसमूहको मूल्य घटेको छ । मंगलबार सबैभन्दा धेरै व्यापार उपसमूहले गुमाएको छ ।

घट्दो बजारमा पनि सबैभन्दा धेरै लाइभ इन्स्यारेन्स कर्पोरेसनको मूल्य २.२२ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल रिइन्स्योरेन्स कम्पनी, बलेफी हाइड्रोसहितका कम्पनीको मूल्य धेरैले बढेको छ ।

कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.७७ प्रतिशतले घट्यो । यस दिन मन्दाकिनी हाइड्रो, मनकामना स्मार्ट लघुवित्त, सिटिजन्स म्युचुअल फण्डसहितको मूल्य धेरैले घटेको छ । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: