जुम्लातिर प्रेत-आत्माहरु चिच्याइरहेको खबर सुनेको छु, धेरै रहँदैन्न: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राप्रपाका प्रवक्ता तथा प्रतिनिधि सभाका उम्मेदवार ज्ञानेन्द्र शाहीले जिते संविधान उल्टिने चेतावनी दिएका छन्।

गठबन्धनका नेता कार्यकर्तालाई सम्बोधन गर्न जुम्ला पुगेका अध्यक्ष प्रचण्डले एमाले र राप्रपाका उम्मेदवारलाई मत दिए फेरि देशमा निरङ्कुशता फर्किने चेतावनी दिए। उनले ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै प्रेत–आत्माहरू जुम्लातिर पनि चिच्याइरहेको टिप्पणी गरे।

- Advertisement -
Ad imageAd image

‘इतिहास र जनताको बलिदानले प्राप्त उपलब्धि उल्ट्याउन खोजिरहेछन्। प्रेतआत्माहरु जुम्लातिर पनि चिच्याइरहेको खबर सुनेको छु। यस्ता प्रेतआत्माहरुको चिच्याहट धेरै रहँदैन। कर्णालीका जनताले यस्ता निरंकुशतावादी र प्रतिगमनकारीलाई परास्त गरी रेकर्ड कायम गर्नुहुनेछ,’ उनले भने ।

उनले कर्णालीबाट प्रतिगमनकारीलाई शून्य बनाएर छोडिदिन जुम्ली जनतालाई अनुरोध गरे। कर्णाली प्रदेश जागरण र परिवर्तनको पक्षमा हो भन्ने सन्देश यस पटक गठबन्धनका उम्मेदवारलाई जिताएर पुष्टि गर्न उनले आग्रह गरे।

यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहिले जनता सामु गएर मत माग्ने कुनै अधिकार नभएको बताए। उनले भने, ‘केपी ओलीलाई जनताका बिचमा गएर भोट माग्ने नैतिक अधिकार छैन। हिजो हाम्रो सहयोगमा बनेको दुई तिहाइको सरकार जोगाउन नसक्ने, लोकतन्त्र र संविधानमाथि घात गर्नेले कसरी भोट माग्न मिल्छ ?’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्