उपेन्द्रले एमालेसँग गठबन्धन गरेपछि जसपा रौतहटका अध्यक्षले दिए राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको कारण पार्टीबाट राजीनामा दिएको उनले बताएका छन् । ‘अहिले चुनावमा हामीलाई मतदाता समक्ष जान पनि गाह्रो भइरहेको छ, जुन पार्टीले नागरिकता विधेयक पारित हुन दिएन, मधेसीलाई पटक–पटक अपमान गर्‍यो, संविधान संशोधन हुन दिएन आज सोही पार्टीसँग जसपाले गठबन्धन बनाएको छ, त्यसले गर्दा पार्टीमा काम गर्न निकै गाह्रो भएको कारण राजीनामा दिएको छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array