काठमाडौँ – अज्ञात समूहले चन्द्रौटा कृष्णनगर सडक खण्डमा रोकी राखेको ट्रकमा आगजनी गरेको छ । शिवराज नगरपालिका ६ विरपुर र गडगडौवामा आगजनी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
गडगडौवास्थित आगजनी भएको कर्णाली प्रदेश (२)००१ ख ०५७८ नम्बरको ट्रकको पछाडिको भागमा आगोले क्षति पुर्याएको छ । सोही वडा अन्तर्गत ना ५ ख १४५३ को ट्रक र शिवराज नगरपालिका ७ जवाभारीस्थित लु ५ प ९२८७ नम्बरको मोटरसाइकलमा पनि आगलागी भएको छ ।


प्रतिक्रिया दिनुहोस्