सेयर मार्जिन कारोबारका लागि नेप्सेले ८७ कम्पनीलाई गर्यो छनोट, सबैभन्दा धेरै लघुवित्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – चालु आर्थिक वर्षमा मार्जिन कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ८७ कम्पनीलाई छनोट गरेको छ । मार्जिन कारोबारसम्बन्धी कार्यविधिमा तोकिएको मापदण्ड पूरा गर्ने कम्पनीलाई नेप्सेले योग्य कम्पनी भनेर छनोट गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार चालु आर्थिक वर्षका लागि नेप्सेले ८७ वटा सूचीकृत कम्पनी छनोट गरेको हो ।

गत आर्थिक वर्षमा ३३ वटा कम्पनी मार्जिन कारोबारका लागि योग्य सूचीमा रहेका थिए । चालु आर्थिक वर्षमा मार्जिन कारोबारका लागि छनोट भएका ८७ वटा कम्पनीमध्ये वाणिज्य बैंक उपसमूहका १७, विकास बैंकका ८, फाइनान्स कम्पनीका ५, होटल १, हाइड्रोपावर १३, जीवन बिमा ४, लघुवित्त कम्पनीहरु २९ र नागरिक लगानी कोष रहेका छन् ।

- Advertisement -
Ad image

सञ्चालनमा रहेका ५० वटा ब्रोकरमध्ये हालसम्म २२ वटाले मात्र मार्जिन कारोबारका लागि नेप्सेबाट अनुमति लिएका छन् । तीमध्ये नासा सेक्युरिटिज, ५८ नम्बरले यही कात्तिक ३ देखि मार्जिन कारोबार सुरु गरिसकेको जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्