ओखलढुंगामा आफ्नै बाबुद्वारा २ वर्षीया छोरीको हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – ओखलढुङ्गामा आफ्नै बाबुले नाबालिग छोरीको हत्या गरेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका – ३ अधेरीनारायण भन्ने स्थानमा दुई वर्षीया बालिकाको आफ्नै बाबुले हत्या गरेका हुन् ।

स्थानीय ३७ वर्षीय राजेन्द्र राईले सोमबार राति करिब २ बजेतिर छोरी रितिका राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुशार राति मदिरा सेवन गरी घर आएका राईले घरयासी वादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारपछि श्रीमती भागेर ज्यान जोगाउन सफल भएकी थिइन । श्रीमती भागेपछि उनले छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।

मृतक छोरीको शरीरमा बाहिरी चोट नदेखिएकाले कसरी हत्या भयो भन्ने बारे भने यकिन भैसकेको छैन ।

श्रीमतीलाई खुकुरी प्रहार र छोरीको हत्या गरिसके पश्चात राईले आफैँलाई टाउकोमा खुकुरी प्रहार गरेको खुलेको छ ।

उनको टाउकोमा ठुलो चोट लागेको छ । घटनाको बारेमा जानकारी हुनासाथ घटनास्थलमा प्रहरी प्रहरीको टोली पुगेको थियो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइते राई र श्रीमतीलाई उपचारको लागि सामुदायीक अस्पताल सोब्रु पठाएका थिए ।

घाईते भएका दुवैजनाको अहिले सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

मृतक बालिकाको शवलाई भने पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array