निर्वाचन आयोगले पर्सा– ४ मा प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाललाई स्ष्टीकरण सोधेको छ ।
उनले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको विषयमा आयोगले २४ घण्टाभित्र प्रष्टीकरण दिन भनेको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) मा निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन नहुने उल्लेख छ । यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्