मैले पाँच वर्षमा गरेको भौतिक विकासले मतदाताको मन जितेको छु: प्रकाशमान सिंह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विगत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको बताएका छन्।

काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेता सिंहले घरदैलो कार्यक्रममा यस्तो बताएका हुन्।

- Advertisement -
Ad image

यस क्षेत्रबाट ‘मतदाताले आफूलाई तीन पटक विश्वास गरेको तर सुरुको दुई पटक संविधान निर्माणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके पनि संविधान निर्माणपछि भने आफूले यस क्षेत्रको हरेक प्रकार विकासका गति विधि अगाडि बढाएको’ उनले बताए।

हरेक टोल टोलमा आफूले कुनै न कुनै प्रकारको विकासका योजना जनतासामु पुर्‍याएको उनले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्