बारा ४ मा कांग्रेसका बागी इच्छा बहादुर वाग्लेलाई प्रभु साहको समर्थन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका इच्छाबहादुर वाग्लेलाई एमाले त्यागेका प्रभु साह र बद्री न्यौपानेले साथ दिएका छन् । उनीहरुले आज (मंगलबार) संयुक्त रुपमा फेटा गाउँपालिका क्षेत्रीय सभा आयोजना गरेका छन् । सभालाई वाग्लेसहित, साह र न्यौपानेले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ ९किसान० र एमाले–जसपा गठबन्धनबाट एमालेका एकबाल मिया उम्मेदवार छन् ।

- Advertisement -
Ad imageAd image

वाग्लेलाई ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका प्रभु साहले साथ दिएका हुन् । प्रभु साहको अभियानमा एमाले केन्द्रीय सदस्य त्यागेर बद्रि न्यौपाने पनि लागेका छन् । न्यौपाने चुरे भावर पार्टी त्यागेर एमाले प्रवेश गरेका थिए । चितवनमा अयोजित एमालेको दशौं महाधिवेशनबाट न्यौपाने केन्द्रीय सदस्यसमेत भएका थिए ।

एमालेले चुनावमा जसपासँग गठबन्धन गरेपछि रुष्ट साह र न्यौपाने दुवै मिलेर ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका छन् । मधेश प्रदेशमा आफ्नो राम्रो पकड रहेको दाबी गर्ने प्रभु र बद्री दुवै एमालेविरुद्ध लागेर वाग्लेलाई समर्थन गरेपछि प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्