प्रधानमन्त्री देउवाले आज बैतडी र दार्चुलाको चुनावी सभामा सम्बोधन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – चुनावी प्रचारप्रसारको क्रममा सुदूरपश्चिममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ।
गृहजिल्ला डडेलधुरामा चार दिने कार्यक्रम सकेर निजी निवास धनगढीमा रहेका देउवाले राजनीति भेटघाट तीव्र पारेका छन्। प्रधानमन्त्री राजधानी फर्किने टुंगो लागिनसकेको स्वकीय सचिव भानु देउवाले बताए।
गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्