लौरो चिन्ह प्रचार गर्नेलाई कारबाही गर्न मेयर बालेनको अनुरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले लौरो चिन्ह लिएर गरिरहेको प्रचारमा आफु कतै संलग्न नभएको बताएका छन् । हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो अभियानको फेसबुक पेजबाट हाम्रो नेपाली पार्टीलाई बालेनको समेत समर्थन रहेको बताउदै आएका छन् ।
‘‘मेरो सहमतिविना आबद्धता देखाउन खोज्ने जुनसुकै दल वा उम्मेदवारलाई कानुन बमोजिमको कारबाही गर्न समेत यसै पत्रमार्फत आयोगलाई अनुरोध गर्दछु’ पत्रमा बालेनले भनेका छन् ।
निवाचन आयोजले सोधेको स्पष्टीकरया अनुसार ‘‘स्थानीय सदस्य निर्वाचन २०७९ मा म स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिन्ह प्राप्त गरी काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार भई निर्वाचित भएको हुँ’ । यही ४ मंसिर २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह प्राप्त गरी चुनावमा सहभागी भैरहेको उक्त दल र उक्त दलका कुनै पनि उम्मेदवारसँग कुनै सम्बन्ध नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: ,