नेपाल बीमा प्राधिकरणको नयाँ लोगो सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – भोलिदेखि अस्तित्वमा आउने नेपाल बीमा प्राधिकरणको नयाँ नामसहितको लोगो आज सार्वजनिक गरिएको छ । बीमा समितिले नयाँ नाम र लोगो निर्णय गरेको हो ।

गत असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको बीमा ऐन २०७९ अनुसार भोलि अर्थात कार्तिक २२ गतेबाट हालको बीमा समिति स्वतः नेपाल बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ । ऐन लागु हुने भएसँगै नयाँ लोगो सार्वजनिक गरिएको हो ।

नयाँ ऐन अस्तित्वमा आएसँगै बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण भएको हुँदा नाम परिवर्तन गरिएको बीमा समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्