गायक प्रकाश दूतराजले गरे अस्ट्रेलियामा आत्महत्याको प्रयास

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – चर्चित गायक प्रकाश दूतराजले अस्ट्रेलियामा आत्महत्याको प्रयास गरेका छन् । साङ्गीतिक कार्यक्रमका लागि अस्ट्रेलिया गएका उनले स्थानीय समयअनुसार हिजो राति २ बजे झुन्डिने प्रयास गरेको स्रोतले बतायो ।

गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अस्ट्रेलिया गएका थिए । त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो । सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुन्डिने प्रयास गरेका हुन् ।

उनको कोठाको ढोका खुल्लै थियो । झुन्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको आयोजक निकट स्रोतले बतायो ।

दूतराजको अवस्था अहिले सामान्य छ । उनले आत्महत्या प्रयास गर्नुको कारण खुलाएका छैनन् । दूतराज र भूमिका अहिले केही दिनपछि अस्ट्रेलियाबाट फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

Array