राष्ट्र बैंकले पुनः जारी गर्‍यो १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (सोमवार) पुुनः १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ । बैंकले आज अपरान्ह दुई बजे उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न गरेको हो ।

कात्र्तिक २२ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र एक सय ८२ दिने अवधिको ६ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

- Advertisement -
Ad imageAd image

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ मंसिर २० गते, २०७९ माघ २४ गते र २०८० बैशाख २६ गते तोकिएका छन् । ट्रेजरी हरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।

राष्ट्र बैंकले यसअघि यही कात्तिक १४ गते पनि १६ अर्ब ६६ कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्