प्रचण्डलाई उम्मेदवार हुनबाट रोक्न माग गर्दै सर्वोच्चमा रिट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

कामठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंसिर ४ मा हुने प्रतिनिधि सभाको उम्मेदवार हुन रोक्न आदेश माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ। कात्तिक २० मा पेश भएको रिट सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको जनाएको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डले  १० वर्षसम्म चलेको द्धन्द्धमा ज्यान गुमाएकामध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको र उनीमाथि कर्तव्य ज्यानमा अनुसन्धान हुनुपर्ने भएकाले जनताको प्रतिनिधि हुन नमिल्ने जिकिर रिटमा गरिएको छ।

- Advertisement -
Ad imageAd image

सर्वोच्च प्रशासनले भने निर्वाचनको नजिकै आएको उक्त रिट दर्ता गर्ने आधार नभेटिएको भन्दै दरपिठ गर्ने तयारी गरेको छ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले प्रचण्डलाई उम्मेदवार हुन रोक लगाउने खालको रिट आएको र सो अध्ययनका क्रममा रहेको बताए। अध्ययनपछि दर्ता वा दरपिठ के गर्ने निर्णय हुने उनले बताए।

रिट हाल्ने आरण द्धन्द्धपीडित हुन्। ओखलढुङ्गाका आरणले द्धन्द्धकालमा आफ्ना पिता गुमाएका थिए। द्धन्द्धकालको सबै नेतृत्व प्रचण्डले गरेको बताउँदै आरणले द्धन्द्धको समयमा मानव अधिकार हननको आरोप लागेका उनीसहित अन्य सम्पूर्ण व्यक्तिले निर्वाचनमा उम्मेदवार हुन रोक्नुपर्ने दाबी गर्दै रिट हालेका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्