फोल्ड गर्न मिल्ने असुसको नयाँ ल्यापटप नेपाली बजारमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
4 Min Read
Aa

कामठमाडौँ – असुसले क्रियटर सिरिज अन्तर्गत दुई ओटा नयाँ ल्यापटप नेपाली बजारमा ल्याएको छ । शुक्रबार कार्यक्रम गर्दै क्रियटरहरूका लागि उपयुक्त दुई मोडेलका ल्यापटप सार्वजनिक गरेको हो ।

जसमा फल्यागशिप जेनबुक फोल्ड र जेनबुक प्रो १४ डुओ ओएलईडी रहेका छन् । क्रियटर सिरिजका यी ल्यापटपहरू कन्टेन्ट क्रियटर तथा सिर्जनशील प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएका छन् ।

जेनबुक प्रो १४ डुओ ओलेडको मूल्य तीन लाख ८८ हजार ८८८ रुपैयाँबाट र जेनबुक १७ फोल्ड ओलेडको मूल्य पाँच लाख ५५ हजार ५५५ रुपैयाँबाट सुरु हुन्छ । ​

क्रियटर, डिजाइनर, भ्लगर र आर्टिस्टहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै यी डिभाइसहरूलाई नवप्रवर्तनात्मक डिजाइन नयाँ प्रविधिमा तयार पारिएको छ ।

जेनबुक १७ फोल्ड ओएलईडी (UX9702)

जेनबुक १७ फोल्ड ओएलईडीमा १७.३ इन्चको फोल्डेबल ओएलईडी (फोलेड-FOLED) टचस्क्रिन रहेको छ । जुन फोल्ड गर्दा छिनको छिनमै १२.३ इन्चको ठिक्कको ल्यापटप आकारमा परिणत हुन्छ ।

जुन बोकेर हिँड्न निकै सहज छ । यथार्थपरक-कलरका लागि २.५ के स्लिम–बेजल नानो एज डल्बी भिजन स्क्रिनले ‘ब्लु–लाइट’ को स्तर न्यूनीकरण गर्ने मामिलामा टीयूभी राइनल्याण्ड मान्यताप्राप्त गरेको छ ।

१२ औं पुस्ताको इन्टेल कोर आई ९, आई ७ र आई ५ प्रोसेसरका साथ उपलब्ध छ । यसमा अलग्याउन मिल्ने असुस इगोरसेन्स ब्लुटुथ किबोर्ड समेत रहेको छ ।

ल्यापटपमा हर्मन कार्डनबाट प्रमाणित चार ओटा स्पिकर सहित डल्बी अटमस अडियो सिस्टम छ । यसमा पाँच मेगापिक्सेलको क्यामेरा युक्त एआई वेबक्यामका साथै फेस लगइनका लागि एचडी आईआर क्यामेरा दिइएको छ ।

यसमा ३२ जीबीसम्मको एलपीडीडीआर ५ र्‍याम (clocking 4800MHz) तथा ५१२ जीबी/ १ टीबी पीसीआईई जेन ४..०x४ पर्फर्मेन्स सहितको एसएसडी स्टोरेज पाउन सकिन्छ ।

साथै चार जीबीको एनभिदिया जिफोर्स आरटीएक्स ३०५० टीआई जीपीयू (४) ले थ्रीडी रेन्डरिङ र भिडिओ एडिटिङ जस्ता ग्राफिक्समा आधारित कामलाई निकै सहज बनाउनेछ ।

जेनबुक प्रो १४ डुओ ओएलईडी

इन्टेलको फ्ल्यागशिप सीपीयू र क्रियटर–ग्रेड एनभिदिया जीपीयू युक्त जेनबुक प्रो १४ डुओ ओइलईडीले उत्कृष्ट अनुभव प्रदान गर्नेछ । यसमा असुसको आइसकुल प्लस ( Ice Cool Plus) प्रविधि प्रयोग गरिएको छ । जसले गर्दा ल्यापटप तात्नेलगायतका समस्या हुने छैनन् । यसमा उपलब्ध एएएस अल्ट्रा संयन्त्रले प्रयोगकर्तालाई भिजुअलमा नयाँ अनुभव प्रदान गर्नेछ ।

स्टुडियो स्तरको भिजुअलका लागि ल्यापटपमा विश्वकै उत्कृष्ट २.८ के ओएलईडी एचडीआर १६ः१० युक्त मुख्य डल्बी भिजन टच स्क्रिन, १२० हर्जको रिफ्रेश रेट, प्यानटोन (PANTONE) बाट प्रमाणित कलर एक्युरेसी र ‘सिनेमा-ग्रेड’ १०० प्रतिशत डीसीआई-पी३ ग्यामुट लगायतका फिचर उपलब्ध रहेका छन् ।

यसमा एकदमै अँध्यारा सिनहरूमा समेत ‘अल्ट्रा-रियालिस्टिक’ रेन्डर गर्न सक्ने क्षमता छ । यो मामिलामा ल्यापटपले ‘भेसा डिस्प्ले एचडीआर ट्रु ब्ल्याक ५००’ प्रमाणिकरण प्राप्त गरेको छ ।

मिल-एसटीडी ८१० एच सर्टिफाइड यो प्रिमियम नोटबुकको टिकाउ बडी म्याग्नेसियम-आल्मुनियमबाट बनेको छ । १.७ केजी तौल रहेको यो ल्यापटप १७.९ एमएम पातलो छ ।

एक्सेसिबिलिटी र सुविधाको कुरा गर्ने हो भने एसुस जेनबुक प्रो १४ डुओ एएलईडीमा चार ओटा थन्डरबोल्ट पोर्ट (४०जीबीपीएस डेटा, १०० वाट पावर र फोरके एक्सटर्नल डिस्प्ले), यूएसबी ३.२ जेन २ (टाइप-ए), एचडीएमआई २.१, माइक्रोएसडी एक्सप्रेस ७.० र ३.५ एमएम कम्बो अडियो ज्याक सहित आएको छ ।  असुस जेनबुक प्रो १४ डुओमा १८० वाट फास्ट चार्जिङसहितको ७६ वाट आवरको ठूलो ब्याट्री राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array