सेयर बजारमा सूचीकृत २३ कम्पनीले गरे लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौँ – सेयर बजारमा सूचीकृत २३ कम्पनीले लाभांश घोषणा गरेका छन्। आठ वाणिज्य बैंक, चार बीमा कम्पनी, तीन जलविद्युत् कम्पनी, चार उत्पादनमूलक कम्पनी, लगानी समूहका दुई कम्पनी र एक/एक वटा लघुवित्त, होटेल कम्पनीले लाभांश घोषणा गरेका हुन्।

बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ को नाफापछिको लाभांश र अन्यले भने आर्थिक वर्ष २०७८/७९ को नाफा पछिको लाभांश घोषणा गरेका हुन्।

नेशनल लाइफ इन्स्योरेन्सले १५ प्रतिशत बोनस ०.७८९ प्रतिशत नगद लाभांश घोषणा भएको हो। कम्पनीको बुक क्लोज कात्तिक २५ गतेलाई तोकिएको छ। यसअघिसम्म सेयर किन्नेले लाभांश प्राप्त गर्नेछन्।

नेप्सेमा लगानी समूहका सूचीकृत नेपाल पूर्वाधार बैंक (निफ्रा)ले ४.२१ प्रतिशत नगद लाभांश घोषणा भएको हो। कम्पनीको बुक क्लोज कात्तिक २५ गतेलाई तोकिएको छ। यसअघिसम्म सेयर किन्नेले लाभांश प्राप्त गर्नेछन्।

बुक क्लोज घोषणा हुँनै बाँकी 
बोटलर्स नेपाल (तराई)ले ६० प्रतिशत नगद लाभांश, बोटलर्स नेपाल बालाजुले २० प्रतिशत नगद, जाल्पा लघुवित्तले ७३ प्रतिशत बोनस र ३.८४ प्रतिशत नगद लाभांश, एभरेष्ट बैंकले १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद, ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस र १०.६ प्रतिशत नगद, सानिमा बैंक १० प्रतिशत बोनस र ०.९८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।

प्राइम लाइफ इन्स्योरेन्सले १३ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद, सोल्टि होटेलले पाँच प्रतिशत बोनस र २१.३१ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्।

एनसिसी बैंकले ३.३६ प्रतिशत बोनस र ७.६३३ प्रतिशत नगद, बैंक अफ काठमाण्डुले ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद र कुमारी बैंकले १२.५ प्रतिशत नगद लाभांश घोषणा गरेका हुन्।

युनिलिभर नेपालले भने प्रतिकित्ता एक हजार दुई सय १५ रूपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। यी सबै कम्पनीको बुक क्लोज मिति सार्वजनिक भएको छैन।

७ कम्पनीको भइसक्यो बुक क्लोज  
एशियन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस ०.७६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सिटिजन्स बैंकले पनि नौं प्रतिशत नगद, नेपाल लुब आयल कम्पनीले २५ प्रतिशत बोनस र पाँच प्रतिशत नगद, अरुण काबेली जलविद्युत्ले १० प्रतिशत बोनस सेयर, रुरु जलविद्युतले १० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका हुन्।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले १५.७८ प्रतिशत नगद लाभांश, सानिमा माई हाइड्रोपावरले ५.२६ प्रतिशत नगद लाभांशले दिएको छ।

यी कम्पनीहरूको बुक क्लोज भइसकेकोले अहिले खरिद गर्ने लगानीकर्ताले घोषणा भएको लाभांश प्राप्त गर्दैनन्।

अधिकांश कम्पनीले नगद लाभांशमा जोड दिएपछि पनि बजारमा सकारात्मक प्रभाव पर्न सकेको छैन। लाभांश सिजनमा बजार बढ्ने गरेकोमा नेप्सेले स्पष्ट दिशा समात्न भने सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

Array