गठबन्धनका कारण जित निश्चित भएको महसुस गरेका छौँ: ओनसरी घर्ती

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) की नेत्री ओनसरी घर्तीले सत्तारूढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताएकी छन् ।

सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेत्री घर्तीले सत्ता गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताइन् ।

- Advertisement -
Ad image

नेत्री घर्तीको टिमले आज काठमाडौं क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरूसँग भेटघाट गरेको थियो । आफू नागरिकमाझ काम गर्नसक्ने प्रतिबद्धता मात्रै लिएर उपस्थित भएको उनको भनाइ छ ।

“हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिबद्धता लिएर आएका छौँ । जे सक्छौँ त्यो गर्छौं । जे बोल्छौँ, त्यो गर्छौँ,” उनले भनिन्, “गबठन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महसुस गरिरहेका छौँ । हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ ।”

पछिल्लो समय निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उमेदवारहरू चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरू पार्टीका चुनावी एजेन्डा लिएर देश दौडाहामा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्