काठमाडौँ – देवघाटधाममा गण्डकी परिक्रमा गरिने भएको छ। वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आज पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गर्न लागिएको हो।
देवघाटधाम क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा गण्डकी परिक्रमा गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी दिए। सो कार्यक्रममा एक हजार बढीको सहभागिता रहने उजले बताए। गत वर्षदेखि सुरु गरिएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ।
नवलपुरतर्फ गैँडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, श्रीमद्रामानुज आश्रम, दिव्यधाम मन्दिर, बेसक्याक्प र केलादी क्षेत्रको परिक्रमा गरिने अध्यक्ष अधिकारीले बताउनुभयो बताए। उक्त कार्यक्रमअन्तर्गत देवघाटधामको पूर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, मौलकाली मन्दिर दर्शन, धार्मिक पर्यटनको प्रवद्र्धन, पवित्र देव नदीको पुजन, नारायणगढ क्षेत्रको अवलोकन, रमणीय पर्वतको परिक्रमा तथा वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसारको कार्यक्रम छ। आजबिहान ७ बजे देवघाट वेणीसङ्गमदेखि सुरु हुने कार्यक्रम दिउँसो २ बजे मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा समापन गरिनेछ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताए। पवित्र कालीगण्डकी र त्रिशूली नदीको सङ्गम रहेको देवघाटको वेणी सङ्गममा माघे सङ्क्रान्ति, बोलबम मेलालगायतका मेला महोत्सव हुने गर्दछ।
प्रतिक्रिया दिनुहोस्