धनुषामा जिप दुर्घटना हुँदा नवजात शिशुको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – धनुषामा बोलेरो जिप दुर्घटनामा परेर एक नवजात शिशुको मृत्यु भएको छ। दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्।

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।

- Advertisement -
Ad image

दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुको नाम–ठेगाना खुलिनसकेको डिएसपी क्षेत्रीले बताए।

जनकपुरधामबाट ढल्केबर गइरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुको सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्