कांग्रेसले बाँड्यो प्रतिनिधिसभाका ९१ र प्रदेशसभाका १ सय ७९ उम्मेदवारलाई चुनावी खर्च

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसले आगामी ४ मंसिरको चुनावी खर्चस्वरुप प्रतिनिधिसभा उम्मेदवारलाई ४ लाख र प्रदेशसभा उम्मेदवारलाई २ लाख रुपैयाँ रकम उपलब्ध गराएको छ। टिकट वितरण गर्दा नै उम्मेदवारलाई रकम बाँडिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका हुन्।

४ मंसिरमा हुने चुनावका लागि कांग्रेसबाट प्रतिनिधिसभातर्फ ९१ र प्रदेशसभातर्फ १७९ जनाले उम्मेदवारी दिएका छन्। प्रदेशसभातर्फ उम्मेदवारका लागि भने २ लाख रुपैयाँका दरले चुनावी खर्च दिइएको पौडेलले बताए।

- Advertisement -
Ad imageAd image

‘टिकटसँगै उम्मेदवारलाई चुनवी खर्च दिएका हौं,’ उनले भने, ‘पार्टीमा क्रियाशील सदस्यता, नवीकरण तथा लेबीलगायतबाट उठेको पैसा उम्मेदवारलाई चुनावमा खर्चिन दिइएको हो।’ यस्तो प्रचलन विगत निर्वाचनमा पनि रहेको उनले जानकारी दिए।

‘गिरिजाप्रसाद कोइराला सभापति हुँदादेखि नै उम्मेदवारलाई पार्टीले बाटो खर्च दिन थालेको थियो। यसपालि पनि यसलाई निरन्तरता दिएका हौं,’ उनले भने।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्