गुल्मी–२ मा एमाले नेता शेषकान्त गौतमले रामकुमारी झाँक्रीलाई सघाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका नेता शेषकान्त गौतमले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई आउँदो चुनावमा सहयोग गर्ने भएका छन् ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गौतमले सत्ता गठबन्धनकी उम्मेदवार झाँक्रीलाई सघाउने सार्वजनिक रुपमा घोषणा गरेका हुन् । झाँक्री गुल्मीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छिन् ।

गौतमले आइतबार पत्रकार सम्मेलन गरेर सो चुनाव क्षेत्रमा आफूले झाँक्रीलाई समर्थन गर्ने जानकारी दिएका हुन् । गुल्मी २ मा एमालेका तर्फबाट गोकर्ण बिष्ट प्रतिस्पर्धामा छन् ।

‘कुनै समय आफ्नै पार्टीको प्रधानमन्त्री ढलाउन सर्वोच्च पुग्ने अनि त्यही पार्टीमा बस्ने नैतिक पतन भएकाहरुलाई आफूले सहयोग गर्न नसकेको’ नेता गौतमले उल्लेख गरेका छन् । गौतमले नेता बिष्टलाई लक्षित गरेर यस्तो बताएका हुन् ।

आफूले एमाले पार्टी नछोडेको तर पार्टीले कुनै कारवाही गरेमा त्यसको परिणम भोग्न तयार रहेको गौतमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array