जाल्पा सामुदायिक लघुवित्तले लाभांश दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद लाभांश गरी कुल ७६.८४२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी १६ करोड रुपैयाँको ७३ प्रतिशतले हुन आउने ११ करोड ६८ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ३.८४२१ प्रतिशतले हुन आउने ६१ लाख ४७ हजार ३६८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने छन्।

- Advertisement -
Ad image

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्