राष्ट्रपति भण्डारीद्वारा सोलुखुम्बुमा बनेको हिमालयन शेर्पा हस्पिटल उद्घाटन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा निर्माण भएको  ‘हिमालयन शेर्पा हस्पिटल’ उद्घाटन गरेकी छिन्।

आइतबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेसँगै २४ घण्टे आकस्मिक सेवासहितको सुविधा सम्पन्न अस्पताल संचालनमा आएको हो।

- Advertisement -
Ad image

हिमालयन शेर्पा फाउन्डेसनले करिब २० करोड  रुपैयाँ लागतमा अस्पताल स्थापना गरेको हो।

करिब १२ हजार स्थानीय र सगरमाथा क्षेत्रमा भ्रमणमा आउने स्वदेशी र विदेशी पर्यटकको उपचार गर्ने उद्देश्यले फाउन्डेसनले अस्पताल संचालनमा ल्याएको संस्थापक एवम पर्यटन व्यवसायी फुर्वा ग्याल्झेन शेर्पाले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्